Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

हात्तीको उपचार गर्न शिविर सञ्चालन

हात्तीको उपचार गर्न शिविर सञ्चालन

  • 163
    SHARES
  • हात्तीको उपचार गर्न शिविर सञ्चालन

    बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीको जिल्लामै पहिलो पटक स्वास्थ्य जाँच गरिएको हो ।

    बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा आयोजना गरिएको शिविरमा हात्तीलाई जुकाको औषधी खुवाउने, नङ काट्ने र विभिन्न खोप लगाइने निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठ जानकारी दिए ।

    उनका अनुसार आजदेखि सुरु भएको शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । हात्ती स्वास्थ्य शिविरमा विशेष गरी हात्तीसारमा रहेका १३ हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधी खुवाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले बताए ।

    निकुञ्जमा पालिएका हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको उनको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij