वेबटिभी खबर
नयाँ दिल्ली । सामाजिक सञ्जाल ट्विटरले केन्द्र शासित प्रदेश जम्मु-काश्मिर र लद्दाखलाई भारतको नक्साबाट अलग देखिने तस्बिर सार्वजनिक गरेको छ । दुवैलाई अलग-अलग देशको रुपमा देखाइएको छ । भारत सरकारले ट्विटरलाई यससम्बन्ध नोटिस जारी गरेको छ ।
ट्विटरले शुक्रबार पनि भारतका कानुन एवं प्रविधि मन्त्री रविशंकर प्रसादको खाता एक घण्टाका लागि ब्लक गरेको थियो । नयाँ सूचना प्रविधि कानुन आएपछि केन्द्र सरकार एवं ट्विटरबीच लगातार विवाद भइरहेको छ ।
Map of India on Twitter's careers page.#MapOfIndia #TwitterIndia https://t.co/Xp4BbVHupr pic.twitter.com/k5qmpxt8i7
— acceleration (@thvaranam) June 28, 2021
ट्विटरले नक्शा विगारेको तस्बिर सामाजिक सञ्जालमा @thvaranam को ह्यान्डलले नोटिस गरेपछि भाइरल भइरहेको छ । यो पोस्ट सोमबार बिहान १० बजेर ३८ मिनेटमा सेयर भएको थियो । उक्त पोस्टमा ट्विटर क्यारियर पेजमा भारतको नक्सा भनेर लेखिएको छ ।
ट्विटरले भारतको नक्शा फरक तरिकाले बनाएको यो पहिलोपटक भने होइन् । सन् २०२० को अक्टुबरमा लद्दाखको लेह क्षेत्रलाई चीनको भाग भनेको थियो । सोही समयमा भारत सरकारले ट्विटरका कार्यकारी अधिकारी ज्याक डोर्सीलाई भारतको नक्शा बिगारेको भन्दै चेतावनी जारी गरेको थियो ।
भारतमा विगत केही महिनादेखि ट्विटर र सरकारबीच नयाँ आईटी कानुन बारे विवाद भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij