वेबटिभी खबर
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले यो वर्ष हुने टी-२० विश्वकप भारतबाट युएईमा सार्ने पुष्टि गरेको छ । बिसिसिआईका सचिव जय शाहले भारतबाट युएईमा विश्वकप सार्ने निर्णय भएको बताए ।
अब उनले यो निर्णय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई जानकारी दिने बताए । 'हामीले युएईमा विश्वकप सार्ने निर्णय गरेको छौं । हामी अब आइसिसीले सोमबार साँझ जानकारी गराउँछौ,' शाहले भने । पहिलो राउन्डको खेल ओमानमा गर्ने विषयमा पनि सकारात्मक रहेको शाहको भनाइ छ ।
यसअघि आइसिसीले टी-२० विश्वकप कोरोना भाइरसका कारण भारतबाट युएईमा सार्ने विषयमा छलफल गरेको थियो । आइसिसीले भारतमा विश्वकप गर्नुका सट्टा युएईमा गर्दा सुरक्षित हुने सुझाव दिएको थियो । टी-२० विश्वकप आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुने तय छ । यसअघि भारतमा हुने भनिएको विश्वकप कोरोना भाइरसका कारण अनिश्चित बनेको थियो ।
यसअघि गत वर्ष अस्ट्रेलियामा तय भएको टी-२० विश्वकप पनि कोरोनाका कारण स्थगित भएको थियो । जुन विश्वकप भारतलाई आयोजना गर्न दिने निर्णय भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij