काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा मंगलबार पनि सुनुवाई जारी छ । सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस सुरु गरेका छन् ।
बहसका लागि उनलाई २ घण्टा समय छुट्याइएको छ । सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टा २० मिनेट बहस गरेका थिए ।
प्रधानमन्त्रीमा बहुमत दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिएको छ ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई छन् ।