Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तलब बढाउन माग गर्दै इसीडी शिक्षक धर्नामा

तलब बढाउन माग गर्दै इसीडी शिक्षक धर्नामा

  • 4.0K
    SHARES
  • तलब बढाउन माग गर्दै  इसीडी  शिक्षक धर्नामा

    काठमाडौं । इसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई केन्द्रीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै नेपाल शिक्षक महासंघ झापा भद्रपुर नगरपालिका कार्यालयमा आज मंगलबारदेखि धर्नामा बसेको छ । 

    नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले केही दिनअघि नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । पत्रको वेवास्ता गरेपछि बाध्यात्मक रूपमा धर्नामा बसेको हो । 

    महासंघ भद्रपुर अध्यक्ष गणेश गिरीको नेतृत्वमा नगरका क्रियाशील ६ वटा पेशागत संगठनका प्रतिनिधिसहितको टोलीले आइतबार नगरपालिका गएर उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई दुई बुँदे आन्दोलनका कार्यक्रमसहित ज्ञापन पत्र बुझाएका थिए ।

    महासंघले मंगलबारदेखि असार १८ गतेसम्म नगरपालिका कार्यालयमा दैनिक दुईरदई घण्टा धर्ना दिने जनाएको छ। त्यति गर्दा पनि माग पूरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij