Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : झलनाथ खनाल

देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : झलनाथ खनाल

  • 273
    SHARES
  • देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले सांस्कृतिक पर्वले नेपाल र नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने बताउँदै सामाजिक सद्भाव अभिवृद्धिमा चाडपर्वको बेग्लै महत्व भएको विचार व्यक्त गरेका छन् ।

    तिहारको अवसर पारेर समाजवादी प्रेस संगठनले आज यहाँ आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा नेता खनालले देशको सामाजिक-आर्थिक विकासलाई केन्द्रमा राखेर हरेक नागरिकले काम गर्नुपर्नेमा जोड दिए ।

    धार्मिक-सामाजिक सद्भाव बिथोल्न खोज्नेविरूद्ध एकताबद्ध भएर लड्नुपर्ने बताउँदै नेता खनालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे ।

    देशको आर्थिक विकासका निम्ति कृषि र पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij