Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल शिलान्यास

नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल शिलान्यास

  • 73
    SHARES
  • नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल शिलान्यास

    काठमाडौं । स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गरेका छन ।

    images

    नगरपालिकामा आज आयोजित शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बाताए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचार हुनुपर्नेमा उनले जोड दिए ।

    मन्त्री बस्नेतले सरकारी अस्पतालको दश प्रतिशत शय्या निःशुल्क बनाइएको जानकारी दिँदै छ महिनाभित्र नेपालका सबै सरकारी अस्पतालमा स्वास्थ्यकर्मचारीको अभाव अन्त्य गरिने जनाए ।

    नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाले शिलान्यास भवन एक वर्षभित्र तयार गरी सेवा दिन थाल्ने बताए । कान्छो नगरपालिका भएर पनि आफ्नो स्वास्थ्य भवन निर्माण गर्न थालेकामा सबै स्थानीयवासीका लागि खुसीको कुरा भएको उनको भनाइ थियो ।

    नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले अस्पतालको लागि दक्ष डाक्टर र उपचारमा आवश्यक सामग्री उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गरे । उनले उपलब्ध बजेट २३ करोड भएको भए पनि २२ करोड ८६ लाखमा भवन बनाउन ठेक्का दिइएको बताएका थिए ।

    मन्त्री बस्नेतले आजै नव निर्मित चण्डेनी स्वास्थ चौकी भवन उद्घाटनसमेत गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology