वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९३ पैसा र बिक्री दर १६३ रूपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ १६पैसा र बिक्री दर १४२ रूपैयाँ ८० पैसा रहेको छ ।
यस्तै अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०४ पैसा र बिक्री दर १३३ रूपैयाँ ६४ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५४ पैसा र बिक्री दर ३६ रूपैयाँ ७० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९६ रूपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij