Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस नेतात्रयद्वारा केन्द्रीय सदस्य भेला आह्वान

कांग्रेस नेतात्रयद्वारा केन्द्रीय सदस्य भेला आह्वान

  • 539
    SHARES
  • कांग्रेस नेतात्रयद्वारा केन्द्रीय सदस्य भेला आह्वान

    काठमाडाैं । नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । पूर्वमहामन्त्री सिंहको निवासमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

    छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने उनीहरूको तयारी छ ।

    त्यसपछि सभापतिका प्रयासी नेताहरूसँग छलफल गर्ने उनीहरूको रणनीति छ । महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन समेत नेताहरू एकमत देखिएका छन् । क्रियाशील सदस्यको विवाद पनि विधि प्रक्रिया अनुरूप समय सीमाभित्र नै सम्पन्न गराउने कुरामा समेत एकमत रहेको सिंहले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij