वेबटिभी खबर
काठमाडौं । निषेधाज्ञाको मौका छोपेर निजी सवारी साधनलाई सार्वजनिक सरह सञ्चालन गर्ने ४७ वटा निजी सवारीलाई प्रहरीले कारबाही गरेको छ । निजी नम्बर प्लेटका गाडीहरूले प्रयोजनविपरीत भाडामा यात्रु बोकेको पाइएपछि कारबाही गरेको महाशाखाले जनाएको छ ।
निषेधाज्ञाको मौका छोप्दै बढी भाडा लिन सक्ने सम्भावित काउण्टरका सथै निजी सवारीमा यात्रु ओसार्नेहरूलाई सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
महाशाखाले काठमाडौं उपत्यका बाहिरने यात्रुहरूसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई महाशाखाकाले नियन्त्रणमा लिइ कारबाही गरेको हो । ‘भाडाका सवारी साधनहरूको जस्तै बोलेरो, स्कार्पियोलगायतका निजि सवारी साधनहरूले भाडामा यात्रु बोक्ने गरेको पाइएकोले नियन्त्रणमा लिएर कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिए ।
जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारबाही पनि सँगसँगै लगिएकोसमेत एसएसपी भट्टराईले बताए । ट्राफिक महाशाखाले निजी सवारी साधनमा भाडा लिएर यात्रु ओसारेको पाइए प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । सांकेतिक तस्बिर ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij