Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अपहरण र फिरौती असूलीमा प्रहरी नै संलग्न, प्रमाणसहित पक्राउ परे  

अपहरण र फिरौती असूलीमा प्रहरी नै संलग्न, प्रमाणसहित पक्राउ परे  

  • 259
    SHARES
  • अपहरण र फिरौती असूलीमा प्रहरी नै संलग्न, प्रमाणसहित पक्राउ परे  

    नयाँ दिल्ली । व्यापारी अपहरणगरि फिरौती असूल गरेको आरोपमा प्रहरी अधिकारी नै पक्राउ परेका छन् । भारतको उत्तरप्रदेश राज्यअन्तर्गत पर्ने हसनगन्ज थानाका थानेदार र हवल्दार अपरहण र फिरौती असूली काण्डमा पक्राउ परेका हुन् । 

    आजमगढका व्यापारी इश्तियाकलाई अपहरण गरेर भारु एक लाख ४५ हजार असूलेको आरोप उनीहरुमाथि लागेको छ । जुन कुराको पुष्टि सिसिटीभी फूटेज र अन्य भिडियोबाट भएको छ । थानेदार अनुराग द्विवेदी र हवल्दा युसुफ अपहरण र फिरौतीमा प्रत्यक्ष संलग्नता देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    इश्तियाकलाई अपहरण गर्न गाडी लिएर पुगेका प्रहरी अधिकारीहरुले एक जना व्यापारी हत्या काण्डमा वर्खास्त भएका पूर्वप्रहरी धीरेन्द्र यादवको मद्दत लिएका थिए । उनीहरुले इश्तियाकलाई अपहरण गरेर तीन दिनसम्म लखनउको एउटा गेस्ट हासमा राखेका थिए । 

    अपहरण गर्ने प्रहरीले मागेको फिरौती बुझाएर छुटेका व्यापारी इश्तियाकले माथिल्लो प्रहरी एकाईमा उजुरी गरेपछि यो घटना बाहिरिएको हो । प्रहरीले अपहरण गरिएको क्षेत्र र इश्तियाकलाई बन्धक बनाएको गेष्ट हाउस आसपासका सिसिटीभी फुटेज संकलनगरि जाँच गरेको थियो । उक्त जाँचबाट इश्तियाको उजुरीअनुसारको प्रमाण फेला परेपछि संलग्न प्रहरीलाई निलम्बन गरि पक्राउ गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij