Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

  • 208
    SHARES
  • मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

    मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

    गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

    प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुंगो लगाउने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij