Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

तालिमका क्रममा भारतमा विमान दुर्घटना, दुई पाइलट घाइते 

तालिमका क्रममा भारतमा विमान दुर्घटना, दुई पाइलट घाइते 

  • 209
    SHARES
  • तालिमका क्रममा भारतमा विमान दुर्घटना, दुई पाइलट घाइते 

    नयाँ दिल्ली। तमिलनाडुको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा तालिमका क्रममा सोमबार बिहान पिलाटस विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परेर दुई पाइलट घाइते भएका छन् । एयर फोर्स एकेडेमीमा प्रशिक्षणका क्रममा बिहान नौ बजेर १० मिनेट जाँदा विमान दुर्घटना भएको थियो । 

    हैदराबादबाट नियमित प्रशिक्षण उडानको क्रममा विमान दुर्घटनाग्रस्त भएको भारतीय वायुसेनाका एक अधिकारीले बताए । भारतीय वायुसेनाले विमानमा सवार दुबै पाइलटहरू गम्भीर घाइते भएको पुष्टि गरको भारतीय संचारमाध्यमले जनाएका छन् । 

    ती अधिकारीले विमान दुर्घटना हुँदा कुनै पनि नागरिकको जीवन वा सम्पत्तिमा क्षति नभएको बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij