Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत

प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत

  • 189
    SHARES
  • प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत

    विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन् ।

    बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन)को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ ।

    उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेस्वरी पौडेल समर्थक थिए ।

    शून्य समय

    प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिनापछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पुर्याउन  माग गरेका छन् ।

    प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सभामुखविहीन प्रदेशसभामा  सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराउनुभयो भने अर्का सदस्य तिलचन पाठकले निषेधको राजनीतिक नगर्न आह्वान गरे ।

    प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

    उपसभामुखले सभामा प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रबारे जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij