वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा दैनिक नयाँ थपिने कोरोना संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ ।
पछिल्लो २४ घण्टामा ४८ हजार ४१५ नयाँ संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो अवधिमा ६१ हजार ४९४ जना निको भए भने ९८८ जनाको संक्रमणकै कारण निधन भयो ।
नयाँ संक्रमित थपिने क्रम घट्दो र दैनिक निको हुनेको संख्या बढ्दो भएकाले हाल भारतमा सक्रिय संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ ।
कोरोनाको दोस्रो लहर उत्कर्षमा रहेका बेला ३७ लाख नाघेको सक्रिय संक्रमितको संख्या अहिले घटेर पाँच लाख १७ हजारमात्र छ ।
भारतमा संक्रमितको संख्या घटेसँगै नेपालमा पनि दोस्रो लहरको प्रभाव घट्दै गएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij