Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पहिरोबाट ज्यान गुमाएकालाई राहत

पहिरोबाट ज्यान गुमाएकालाई राहत

  • 149
    SHARES
  • पहिरोबाट ज्यान गुमाएकालाई राहत

    रामपुर । पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

    रामपुर नगरपालिका-१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर खड्काको परिवारलाई नगरपालिकाले एक लाख सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

    दाङको शान्तिनगर गाउँपालिका-१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई  नगरपालिले सो रकम प्रदान गरेको हो । गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो ।

    रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij