Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु

जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु

  • 153
    SHARES
  • जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु

    प्युठान । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    आज बिहान ११ः२० बजे लु३च ६८७४ नं को स्कार्पियोको अगाडीको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

    दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी गाउँपालिका-३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij