वेबटिभी खबर
धनकुटा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पारम्परिक कृषिलाई प्रविधि र मूल्य शृङ्खलासँग जोडेर काम गरे बजारको अभाव नहुने सुझाव दिएका छन् ।
बैतडीको चिवाघाटबाट पाँचथरसम्मको संकल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गबाट भोजपुर हुँदै धनकुटा आइपुगेका छन् ।
अध्यक्ष ओलीले यस्तो सुझाव दिनुभएको हो । यात्राका क्रममा पाख्रिबास नगपालिका आइपुग्नुभएका ओलीले नगरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी धनकुटाले आयोजना गरेको सो कार्यक्रममा धनकुटाको कृषि क्षेत्रको समस्या र अवस्थाका बारेमा क्याम्पसका प्रमुख निराजन भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा भण्डारीले धनकुटाको कृषि तथा दुग्धजन्य बजारले भारतसँग प्रतिष्पर्धा गर्न नसकेकाले भारतीय कृषि उपज बन्द गर्न मागसमेत गरेका छन् ।
सागलाई गुन्द्रक बनाएर महँगोमा बेच्न सकिने आधार दिँदै अध्यक्ष ओलीले अन्य कृषि उपजलाई पनि बजारको मागअनुसार तयारी गरेर बेच्न सुझाव दिए ।
त्यसका लागि राज्यले वास्तविक किसानलाई पहिचान गरेर अनुदान दिने र कृषिलाई प्रविधिसँग जोडेर लानुपर्ने उजको भनाइ छ ।
उनले भने, ‘पढेर पासपोर्ट बनाएर विदेश होइन, यहीँ केही गर्नु । टिपेर ल्याउन विदेशमा सुन फलेको छैन । अलि ढिलो होला तर दुःख गरे यहीँ धनी हुन सकिन्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij