Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बालकृष्ण खाण आज रिहा हुँदै

बालकृष्ण खाण आज रिहा हुँदै

  • 209
    SHARES
  • बालकृष्ण खाण आज रिहा हुँदै

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण सात महिनापछि शुक्रबार रिहा हुँदैछन् ।

    बिहीबार उच्च अदालत पाटनले ३० लाख रूपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रबार धरौटी बुझाएर रिहा हुन लागेका हुन् ।

    खाण पक्षका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेशबमाजिम शुक्रबार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुने बताए ।

    खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । उनीविरूद्धको मुद्धामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षकालागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो ।

    यसअघि उच्चका दुई न्यायधीशहरूबीच राय बाझिएपछि बिहीबार तेस्रो न्यायधीशसमक्ष पेस गरिएको थियो । न्यायधीश कोइरालाले ३० लाख रूपैयाँ धरौटी लिएर छोड्न आदेश दिने पक्षमा राय राखेका हुन् ।

    यसअघिको इजलासमा न्यायधीश जनक पाण्डेले खाणलाई ३० लाख रूपैयाँ धरौटी लिएर तारेखमा छोड्ने राय राखेकोमा अर्का न्यायधीश प्रकाश खरेलले खाणलाई थुनामा पठाउनुपर्ने राय राखेका थिए ।

    त्यसबेला न्यायधीशद्धय पाण्डे र खरेलको संयुक्त इजलासले ९ जनालाई थुनामै राखिरहन आदेश दिएको थियो भने भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा रिहा गर्न र बाँकी ४ जनालाई साधारण तारिखमा रिहाइको आदेश दिएको थियो ।

    अमेरिका लैजाने प्रलोभनमा नक्कली भुटानी शरणार्थी खडा गरी करोडौं रकम संगठित रूपमा असुलेको अभियोगमा सरकारले गत जेठ १० गते पूर्वगृहमन्त्रीद्वय खाण र टोपबहादुर रायमाझीसहित ३० जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराधसहित किर्ते र ठगीमा मुद्दा दायर गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij