वेबटिभी खबर
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित फिर्दीको सिम्लेबाट वर्षासँगै आएको पहिराेले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए । उनकाअनुसार पाँच घर जोखिममा परेको छ ।
चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई उद्धार गरिएको हो । दुवै घाइतेलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।
पहिराेले ९ बाख्रा र एउटा भैँसी पुरिएर मरेको छ । वडाध्यक्ष रेग्मीका अनुसार सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जोखिममा परेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij