Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

३२ करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

३२ करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

  • 350
    SHARES
  • ३२ करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

    भक्तपुर । चाँगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न  भवनको हिजो उद्घाटन गरेका हुन् ।

    चाँगुनारायण नगरपालिका-५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण  भएको हो ।

    त्यस अवसरमा नगरको विकासमा  विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई  सेवा प्रवाह गर्न सहज हुने बताए ।

    नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड, केन्द्र सरकारबाट सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # भवन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij