वेबटिभी खबर
काठमाडौं । पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार राप्ती–१२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घरभित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो ।
ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी कालिका नगरपालिका–११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तकहाँ जाने क्रममा उनलाई पहिरोले बगाएको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij