Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसीयु

जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसीयु

  • 182
    SHARES
  • जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसीयु

    गुल्मी । गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन ।

    आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ । जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो ।

    भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आइसियुको सेवा लिन पाल्पा जान बाध्य छन् भने अर्कोतर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलाम्य बनेका छन् ।

    अस्पतालमा सेवा लिन आएका धुर्कोट गाउँपालिका/५ वस्तुका महेन्द्र भण्डारीले भने, ‘भवनको बजेट परेका बेला दलका नेतालाई जस लिनको भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन् । छिटोभन्दा छिटो सञ्चालन गरेमा आइसियुको सेवा लिन पाल्पा वा बुटबल जानुपर्ने बाध्यता हट्ने थियो ।’

    आइसियुको संरचना निर्माणमा हालसम्म ३५ लाख ५२ हजार तीन सय ६२ र उपकरण खरिदमा रु ६६ लाख २६ हजार नौ सय २५ गरी कूल एक करोड एक लाख ७९ हजार दुई सय ८७ खर्च भएको छ । प्रदेश सरकारअनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको  असर अस्पतालमा परेको छ ।

    अस्पतालका प्रमुख डा विकास बञ्जाडेले भने, ‘पाँच शैय्याको आइसियु सञ्चालनका लागि २५ जना दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्ने भए पनि सबै जनशक्ति उपलब्ध छैन । हामी अहिले जनशक्ति व्यवस्थापनमा जुटिरहेका छौँ ।’

    अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन् ।

  • सम्बन्धित विषय:

  • # जनशक्ति

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij