वेबटिभी खबर
सिन्धुली । सिन्धुलीमा ट्रयाक्टरको ठक्करबाट आज पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका-५ मधुटारस्थित भित्री सडक खण्डमा सिलामेबाट सिन्धुलीमाढी बस पार्कतर्फ आउँदै गरेको ना ५ त ९५१० नम्बरको ट्र्याक्टरले बाटो काट्दै गरेकी बालिका अरुणा श्रेष्ठ (निर्जला)लाई ठक्कर दिएको थियो ।
कमलामाई नगरपालिका-५ बस्ने २८ वर्षीय गोपी वाइवाले चलाएको उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए ।
उनकाअनुसार बालिकालाई ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij