Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ठगी गरेको अभियोगमा पक्राउ

ठगी गरेको अभियोगमा पक्राउ

  • 160
    SHARES
  • ठगी गरेको अभियोगमा पक्राउ

    काठमाडौं । अमेरिकी डलर देखाएर पाँच लाख ठगी गरेको अभियोगमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका ४३ वर्षीय कुमार तामाङ भन्ने हस्तबहादुर तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    यही पुस ९ गते कीर्तिपुर नगरपालिका-९ चोभार जलविनायक मन्दिरस्थित ललितपुर गोदावरीका ३६ वर्षीय विजय कुँवरलाई अमेरिकन डलर साट्ने भन्दै ५० अमेरिकन डलर देखाएर पाँचलाख ठगी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पक्राउ गरिएका तामाङले कुँवरलाई आफूले आठ हजार अमेरिकी डलर भेटाएको भनी भ्रममा पारेर पाँच लाख लिएर फरार भएका बताए ।

    पक्राउ परेका निजलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # ठगी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij