Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना

  • 142
    SHARES
  • वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

    यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँक भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च  पहाडी तथा  हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च  पहाडी तथा  हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रक ५ दशमलव २ र अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रीसेल्सियस रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij