Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

वर्षा जारी, बाढीपहिरोको जोखिम कामय 

वर्षा जारी, बाढीपहिरोको जोखिम कामय 

  • 741
    SHARES
  • वर्षा जारी, बाढीपहिरोको जोखिम कामय 

    काठमाडौं । केही दिनयता लगातार भइरहेको वर्षाले मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोले विनास गरिरहेको छ । मौसम विज्ञान विभागले शनिबार पनि केही स्थानमा भारी वर्षा हुने भन्दै नदीहरूमा बाढी आउन सक्ने भएकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

    शनिबार बिहानदेखि इलाम, झापा र मोरङको धेरै स्थानमा भारी बर्षा भइरहेको छ । यी ठाउँमा थप बर्षा  हुने भएकाले तटिय क्षेत्रमा सकर्तता अपनाउन विभागले सचेत गराएको छ ।

    लगातार हुने वर्षाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा बाढी आउनसक्ने देखिएको छ । नदी आसपास बाढी आउने र होचा स्थान डुवानमा पर्नसक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij