Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेप्से परिसूचकमा २५ दशमलव ६३ अंकको गिरावट

नेप्से परिसूचकमा २५ दशमलव ६३ अंकको गिरावट

  • 118
    SHARES
  • नेप्से परिसूचकमा २५ दशमलव ६३ अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार १३० दशमलव १८ अंकको विन्दुमा कायम भएको हो ।

    आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार २७९ कित्ता शेयर एक लाख ६६ हजार ९८३ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ बराबरको कारोबार भएको छ ।

    जलविद्युत् समुह शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ ।

    सबैभन्दा धेरै घट्नेमा भने सिइिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २७ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij