एजेन्सी
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको शाहजहाँपुरमा बिहीबार बिहान अत्यधिक हुस्सु लागेको बेला ट्रक र टेम्पो आपसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ । टेम्पोमा सवार एक दर्जन यात्रुको मृत्यु भएको हो । टेम्पोलाई ठक्कर दिने ट्रकका चालक फरार भएका छन् ।
घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले शाहजहानपुरमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । मुख्यमन्त्री योगीले जिल्ला प्रशासन अधिकारीलाई घटनास्थलमा पुगेर राहत कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij