Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

वडा अध्यक्षविरूद्ध मुद्दा दायर

वडा अध्यक्षविरूद्ध मुद्दा दायर

  • 159
    SHARES
  • वडा अध्यक्षविरूद्ध मुद्दा दायर

    काठमाडौं । घर बाटो सिफारिस बापत १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो ।

    नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ लाख  कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # वडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij