Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

संक्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुंग्याउनुपर्छ : अध्यक्ष ओली

संक्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुंग्याउनुपर्छ : अध्यक्ष ओली

  • 128
    SHARES
  • संक्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुंग्याउनुपर्छ : अध्यक्ष ओली

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

    मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज यहाँ उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो संक्रमणकालीन न्याय टुंग्याउनुपर्ने बताए ।

    सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउनुपर्ने उनको भनाइ छ ।

    आफू प्रधानमन्त्री हुँदा  नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुंग्याउन आग्रह गरेको  बताए ।

    आफ्नो पार्टी  मानव अधिकार संरक्षणको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भने, ‘एमालेले मानव अधिकार उल्लंघन गर्दैन र त्यसको उल्लंघनकर्तालाई संरक्षण गर्दैन ।’

    उनले अनर्गल कुरा गरेर, सम्प्रादायिक र आपसी विद्वेष फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुरा स्वीकार्य नहुने दोहोर्याए ।

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संक्रमणकालीन न्याय गम्भीर विषय भएकाले राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुनेमा जोड दिए ।

    उनले संक्रमणकालीन न्याय निरुपणमा पीडित पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

    ‘संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतले केही आदेश दिएको छ । मानवअधिकारको आधारभूत कुरालाई हामीले स्वीकार गर्नुपर्ने छ’, उनले भने, ‘पीडितलाई मर्का पर्ने खालको कानुन कुनै पनि हालतमा बनाउनुहुन्न । संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्दछ भन्ने कुरामा दुई मत छैन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij