Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नागरिकमा सरकारप्रति धेरै गुनासो बढ्यो : महामन्त्री थापा

नागरिकमा सरकारप्रति धेरै गुनासो बढ्यो : महामन्त्री थापा

  • 171
    SHARES
  • नागरिकमा सरकारप्रति धेरै गुनासो बढ्यो : महामन्त्री थापा

    चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन ।

    आज पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताएका हुन ।

    महामन्त्री थापाले भने, ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुंगीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।’

    आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उनले बताए । महामन्त्री थापाले भने, ‘जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।’

    स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उनले सुनाए ।

    पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उनको भनाइ थियो । महामन्त्री थापाले भने, ‘पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा सिंगो नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजर्मामा देखियो । यस कारणले गर्दा लगानी भएपनि लाभ लिन नसकेको देखिन्छ ।’

    देशभरका महासमिति सदस्य केही अनुभव वोकेर काठमाडौं आउँदा महासमितिको बैठकमा यी बिषयमा छलफल हुने महामन्त्री थापाले बताए । निर्वाचन पछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे ।

    ‘त्यो आफैँमा गलत, संविधानको, लोकतन्त्रको भावनाविपरीत र सिंगो प्रणालीलाई विकृत बनायो ।’ महामन्त्री थापाले, ‘कुनै पनि दलले बहुमत ल्याएन भने निर्वाचनपछि गठवन्धन बन्छ । निर्वाचनपछिको गठवन्धनमा पनि त्यसको निम्ति चाहिने संस्कृतिको हामीमा अभाव छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij