वेबटिभी खबर
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिकाबीच सम्झौता भएको छ
। इन्स्योरेन्स र नगरपालिकाबीच नगरबासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपंक्षी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्झौता भएको हो ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र शंखरापुर नगरपालिकाकोतर्फबाट मेयर सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अब शंखरापुर नगरपालिकामा रहेका कृषकहरूले आफ्ना पशुपंक्षी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्न सक्ने छन् । जनरल इन्स्योरेन्स लिमिटेडले पनि ढुक्क भएर सेवा लिन आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij