Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

 खुले तनहुँका सरकारी कार्यालय

 खुले तनहुँका सरकारी कार्यालय

  • 1.4K
    SHARES
  •  खुले तनहुँका सरकारी कार्यालय

    तनहुँ । कोरोना कहर र निषेधाज्ञाका कारण दुई महिनादेखि बन्द सरकारी कार्यालयका सेवा आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएपछि सरकारी कार्यालयले आन्तरिक सेवाबाहेकका कार्य स्थगन गरेका थिए । 

    लामो समय कार्यालयको सेवा प्रवाह रोकिँदा सर्वसाधारणलाई समस्या परेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि कार्यालयका सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सबै कार्यालयले सेवा दिनेछन् । 

    मालपोत कार्यालयले बारअनुसार सर्वसाधारणलाई सेवा प्रवाह गर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले  सरकारी कार्यालयका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै मालपोतले बारअनुसारको तालिका सार्वजनिक गरेको हो । 

    मालपोत अत्यधिक भीडभाड हुने कार्यालय भएकाले सेवा प्रवाह गर्दा स्वास्थ्य मापदण्ड अपनाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले बताए । जिल्लाका १० वटै स्थानीय तहलाई बारअनुसार सेवा प्रवाह गरिने उनले बताए । 

    कार्यालयका अनुसार आइतबार र सोमबार व्यास, मङ्गलबार शुक्लागण्डकी, बुधबार भिमाद, ऋषिङ, म्याग्दे, बिहीबार भानु, देवघाट, घिरिङ र शुक्रबार बन्दीपुर र आँबुखैरेनीका सर्वसाधारणलाई सेवा दिइनेछ । 

    बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उनले बताए । जिप्रकाले यही असार १६ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर  असार २४ गतेसम्म  पुर्याएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij