Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

फिलिपिन्समा ८५ यात्रु बोकेको सैन्य विमान दुर्घटना

फिलिपिन्समा ८५ यात्रु बोकेको सैन्य विमान दुर्घटना

  • 575
    SHARES
  • फिलिपिन्समा ८५ यात्रु बोकेको सैन्य विमान दुर्घटना

    मनिला । दक्षिणी फिलिपिन्समा कम्तिमा ८५ यात्रु बोकेको सैन्य विमान दुर्घटनाग्रस्त भएको फिलिपिन्सका सेना प्रमुखले जानकारी दिएका छन् । जनरल सिरिलिटो सोबेजानाले समाचार एजेन्सी एएफपीसँग सि १३० विमान सुलु प्रान्तको जोलो द्धीपमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताए ।

    दुर्घटना भएर जल्दै गरेको विमानबाट ४० जनालाई जीवितै उद्धार गरिएको छ । सोबेजानका अनुसार राहत एवं उद्धारकर्मी घटनास्थल पुगेका छन् । एएफपीका अनुसार विमानमा सवार यात्रुमध्ये अधिकांशले हालै सैन्य प्रशिक्षणमा स्नातक डिग्री हासिल गरेका थिए । उनीहरुलाई मुस्लिम बाहुल्यता रहेको एक अशान्त क्षेत्रमा उग्रवादीसँग लड्नका लागि एक टास्क फोर्समा तैनाथ गर्न लागिएको थियो । 

    दक्षिण फिलिपिन्समा कैयाैं उग्रवादी समूह सक्रिय भएपछि सरकारले त्यस क्षेत्रमा सेनाकाे संख्या बढाउँदै गएकाे छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij