Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राष्ट्रियसभा बैठकमा गृहमन्त्री पौडेलले सम्बोधन गर्ने

राष्ट्रियसभा बैठकमा गृहमन्त्री पौडेलले सम्बोधन गर्ने

  • 640
    SHARES
  • राष्ट्रियसभा बैठकमा गृहमन्त्री पौडेलले सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बस्ने दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने भएका छन् ।

    राष्ट्रियसभाको आइतबारको बैठकमा मन्त्री पौडेलले प्राकृतिक विपद् व्यवस्थापनमा सरकारी तयारी, कोभिड-१९ रोकथाम तथा नियन्त्रणको योजनालगायत समसामयिक विषयमा बोल्ने संसद सचिवालयले जानकारी दिएको छ । 

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ । यद्यपि,प्रधानमन्त्री आफैं भने बैठकमा उपस्थित नहुने बुझिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य रिक्तको जानकारी गराउनेछन् ।

    प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/७७’ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/७८ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

    यसअघि असार १७ गते आठौं अधिवेशनको पहिलो बैठक बसेको थियो । बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे तय गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij