Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अत्यधिक चिसोले एकै हिउँदमा ६ लाख ६७ हजार पशु मरे

अत्यधिक चिसोले एकै हिउँदमा ६ लाख ६७ हजार पशु मरे

  • फाल्गुण ८, २०८० मंगलवार १६:३४ बजे
  • 156
    SHARES
  • अत्यधिक चिसोले एकै हिउँदमा ६ लाख ६७ हजार पशु मरे

    उलान बातोर । मंगोलियामा यो वर्ष कीर्तिमानी हिमपात भएको छ । हिमपातका कारण बढेको अत्यधिक चिसोले साढे ६ लाखभन्दा बढी पशु चौपाया मरेका छन् ।

    सन् १९७५ पछिको सबैभन्दा उच्च हिमपात भएको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ । यो हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ ।

    मंगोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात  भएको छ । बारम्बार हिमपातका कारण देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ । यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । सोमबारसम्म मंगोलियामा अत्यधिक चिसोका कारण हुने पशुको मृत्यु संख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ। 

    मंगोलिया लगातार कडा हिमपात हुने, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ ।

  • सम्बन्धित विषय:

  • # अत्यधिक चिसो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij