वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिमा प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेले पाएका छन् ।समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य तथा समिति सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको समितिले क्रियाशील सदस्यतामाथि छानविन सुरु गरिसकेको छ । सात सदस्यीय समितिमा संयोजक लेखकसहित सदस्यहरु पौडेल, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार छन् । २० असारसम्म सदस्यता छानविन टुंग्याउन समय पाएको समितिले आइतबारसम्म जम्मा ३० जिल्लाको काम सम्पन्न गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij