Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा आंशिक बदली

आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा आंशिक बदली

  • 132
    SHARES
  • आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा आंशिक बदली

    काठमाडौं । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू-भागको मौसम भने मुख्यतया सफा रहने छ ।

    हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी  तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

    सोमबार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी  तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सफा रहने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij