Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

  • 160
    SHARES
  • गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

    कास्की । गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

    गत फागुन २८ गते नियुक्त हुनुभएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आज पदभार सम्हालेका छन् । सो अवसरमा उनले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताए । 

    उनले भने, ‘संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।’ उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी  गराएका थिए ।

    गण्डकीको संस्थापक प्रदेश प्रमुख बाबुराम कुँवर छन् । यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान गुरुङले गण्डकीको प्रदेश प्रमुखका रूपमा नेतृत्व प्रदान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij