वेबटिभी खबर
सुनसरी । सशस्त्र प्रहरीले सप्तकोशी नदिमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा बरामद गरेको छ ।
मंगलबार राति सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोशी नदिको किनारमा करिब ६ जना व्यक्तिहरूले डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको हो ।
रातको समय भएकोले डुंगा लिई व्यक्तिहरू फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपालका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij