वेबटिभी खबर
नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई २६ सय किलोग्राम आँप उपहार पठाएकी छन् । हरिभंगा प्रजातिको आँप भारत-बंगलादेशको सीमा बेनापोल चेकप्वाइन्टबाट भारत पठाइएको हो ।
स्थानीय मिडियाका अनुसार हसिनाले पठाएको आँप आइतबार राति बेनापोल पेतरापोल चेकपोस्टमा पुगेको थियो । शेख हसिनाले भारतका राष्ट्रपति रामनाथ कोविन्द र त्रिपुराका मुख्यमन्त्री विप्लब कुमार देवलाई पनि उपहारस्वरुप आँप पठाएकी छन् ।
Bangladesh PM Sheikh Hasina has sent 2,600 kgs of mangoes as presents to her Indian counterpart Narendra Modi & West Bengal CM Mamata Banerjee: Bangladesh media
— ANI (@ANI) July 5, 2021
(File photo) pic.twitter.com/V3rLiyBs7X
अगरतलामा बंगलादेशका सहायक उच्च आयुक्तले एएनआईसँग प्रधानमन्त्री शेख हसीनाले २६०० किलोग्राम हरिभंगा आँप त्रिपुराका मुख्यमन्त्रीलाई उपहार स्वरूप दिएको बताए । बंगलादेश र त्रिपुराबीच मुक्ति युद्धको समयदेखि नै सम्बन्ध सुदृढ भएको छ । बंगलादेशका मिडिया रिपोर्टहरूका अनुसार यो कार्गो कोलकातामा बंगलादेशको उच्चायोगका प्रथम सचिव मोहम्मद सम्युलकदारले प्राप्त गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij