Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बाग्मती प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको निर्देशन

बाग्मती प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको निर्देशन

  • 120
    SHARES
  • बाग्मती प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको निर्देशन

    हेटौँडा । नेकपा (एमाले) बाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन ।

    आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिएका हुन।

    आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए ।

    बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको पक्षमा मत दिन निर्देशन दिइएको उनको भनाइ छ ।

    सत्ता समीकरणअनुसार गत शनिबार मात्रै एमाले बाग्मती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij