Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध

उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध

  • 125
    SHARES
  • उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध

    काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा-१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरूद्ध दाबी विरोधको कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ ।

    आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ ।

    उपनिर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयन दर्ताअन्तर्गत इलाम-२ मा २० जना र बझाङ प्रदेशसभामा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

    आयोगले २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

    त्यसपछि त्यही दिन ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान भने बैशाख १५ गते विहान ७ देखि बेलुकी ५ बजेसम्म हुनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij