Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो

  • 201
    SHARES
  • ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो

    काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ ।

    चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए ।

    उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको बताए । अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ ।

    उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको जनाए । स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ ।

    झाले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताए । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij