Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सम्पन्न

नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सम्पन्न

  • 119
    SHARES
  • नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सम्पन्न

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ ।

    संगठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटीहरू परिचालन गरिएका थिए । गत फागुन २५ गतेदेखि दुई महिनासम्म सञ्चालित अभियान मंगबार पूरा भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    दुई महिनामा वडा, क्षेत्र, जिल्ला अधिवेशन गरी कमिटी गठन, महाधिवेशनमा सहभागी हुन पार्टीले तल्लो कमिटीका सुझावअनुसार केन्द्रीय अध्यक्षदेखि, केन्द्रीय निकायका सदस्य पनि चुनिएर आउनुपर्ने व्यवस्थासहितको विधान संशोधन, महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज तयार भएका उनले बताए ।

    पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्न पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १३ कमिटी गठन गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij