Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रिय सभा बैठक केहीबेरका लागि स्थगित

राष्ट्रिय सभा बैठक केहीबेरका लागि स्थगित

  • 90
    SHARES
  • राष्ट्रिय सभा बैठक केहीबेरका लागि स्थगित
    काठमाडौं । राष्ट्रिय सभाको बैठक केहीबेरका लागि स्थगित भएको छ ।
     
    राष्ट्रिय सभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पेस गरेकी थिइन् ।
     
    उक्त संकल्प प्रस्ताव माथि बैठकमा छलफल चलिरहँदा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव अनुपस्थित रहेको भन्दै सांसद तथा सुशासन समिति सभापति पन्तले राष्ट्रिय सभा अध्यक्षको पटकपटक ध्यानाकर्षण गरेकी थिइन् ।
     
    स्वास्थ्यमन्त्री यादव आउन केही समय लाग्ने भएपछि राष्ट्रिय सभाको बैठक तीन बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij