Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गिनिज बुकमा कसको नाम लेख्ने ? राष्ट्रियसभामा चल्यो बहस 

गिनिज बुकमा कसको नाम लेख्ने ? राष्ट्रियसभामा चल्यो बहस 

  • 2.1K
    SHARES
  • गिनिज बुकमा कसको नाम लेख्ने ? राष्ट्रियसभामा चल्यो बहस 

    काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले प्रतिनिधिसभा विघटन संविधानअनुसार नै भएको जिकिर गरेका छन् । राष्ट्रियसभाको बुधबार बैठकमा विशेष समयमा बोल्दै भट्टराईले यस्तो जिकिर गरेका हुन् । 

    ‘अलोकतान्त्रि, असंवैधानिक र प्रतिगमन भयो । लोकतन्त्र र गणतन्त्रमाथि धावा बोलियो जस्ता अनेकन लाञ्छना लगाइएको छ । जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जुन प्रतिनिधिसभाले भएको सरकारलाई काम गर्न दिदैन, वैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो प्रतिनिधिसभाको औचित्य के हुन्छ ? प्रयोजन के हुन्छ ? प्रश्न उठ्दैन र ?’ सदस्य भट्टराईले प्रश्न गरे । 

    उनले अगाडि भने, ‘प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक छ । दुनियाँको कुन चैं बहुमत प्राप्त प्रधानमन्त्रीले शासन व्यवस्था सञ्चालनमा असहज हुँदा नयाँ जनादेशका लागि जनताकोबीचमा जानेकुरा अलोकतान्त्रिक हो ? नेपाली राजनीतिक बिडम्बना, अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भयो ।  त्यसपछि बसेको पहिलो बैठक छोडेर पुनर्स्थापनाको माग गर्नेहरू बाहिर हिंडे । कोही बेल घेर्नतिर लागे । नेताहरू नै त्यसमा संलग्न भएको हामीले देख्यौं । संसारमा यस्तो कहीं छैन । त्यसैले आश्चर्यकोरूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम त उहाँहरूको लेख्नुपर्ने होइन र ?’  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij