Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विश्वभर ३ अर्बभन्दा बढीले लगाए कोरोनाविरूद्धकाे खोप

विश्वभर ३ अर्बभन्दा बढीले लगाए कोरोनाविरूद्धकाे खोप

  • 884
    SHARES
  • विश्वभर ३ अर्बभन्दा बढीले लगाए कोरोनाविरूद्धकाे खोप

    काठमाडौं । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५ सय ९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सबैभन्दा धेरै खोपको डोज लगाएको चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार, भारतमा ३६ करोड १३ लाख २३ हजार ५ सय ४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    त्यस्तै, अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७ सय ३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १० करोड १३ लाख ९४ हजार ६ सय ५० डोज लगाइएको छ  ।

    बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज, जर्मनी सात करोड ७८ लाख ८२ हजार ४ सय १४, फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १ सय ५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६१ लाख ५६ हजार १ सय ८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

    टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८ लाख ७० हजार ९ सय ६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    कोरोनाविरुद्ध खोप लगाउनमा धनी राष्ट्र अगाडि छन् । पाँच देशहरू तन्जानिया, बुरुन्डी, इरिट्रिया, हाइटी र उत्तर कोरियाले अहिलेसम्म पनि खोप अभियान सुरु गरेका छैनन् ।

    विवादका बावजुद पनि विश्वका ८० प्रतिशत क्षेत्रमा अक्सफोर्ड-एस्ट्रजेनेकाको खोप लगाइएको छ, फाइजर खोप ४७ प्रतिशत, मोडर्ना २२, स्पुतनिक भि १९ प्रतिशत, जोनसन एन्ड जोनसन १४ र सिनोभ्याक खोप ११ प्रतिशत क्षेत्रमा लगाइएको छ । 

    न्युन आय भएका देशहरुलाई खोप उपलब्ध गराउन सन् २०२० मा विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम सुरु गरेको थियो । कोभ्याक्समा धनी मुलुक तथा विभिन्न क्षेत्रीय गठबन्धनको अनुदानमा खोप उपलब्ध गराइन्छ । तर अहिले कोभ्याक्स कार्यक्रममा पनि खोप अभाव भएपछि गरिब राष्ट्रमा खोप कार्यक्रम प्रभावित बनेका छन् ।  

    एस्ट्राजेनेका खाेप विवादमा, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ एस्ट्राजेनेका खाेप विवादमा, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ गरीब मुलुकलाई खोप अभावः डब्ल्युएचओ  गरीब मुलुकलाई खोप अभावः डब्ल्युएचओ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij