Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बेनीमा पर्यटक सूचना केन्द्र सञ्चालन

बेनीमा पर्यटक सूचना केन्द्र सञ्चालन

  • 118
    SHARES
  • बेनीमा पर्यटक सूचना केन्द्र सञ्चालन

    म्याग्दी । म्याग्दीमा भित्रने पर्यटकहरुलाई जिल्लाका धार्मिक, पर्यटकीयस्थलको बारेमा जानकारी गराउने उद्देश्यले बेनीमा आजदेखि पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ ।

    म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा सञ्चालन गरेको सो केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे ।

    म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठले जिल्लाको प्रमुख नाका कालीपुल बसपार्कमा स्थापना भएको सो सूचना केन्द्रमा जिल्लाका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृति सम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको बताए ।

    ‘म्याग्दी भ्रमण वर्षका अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारीपछि २०७७ सालदेखि बन्द थियो,’ अध्यक्ष श्रेष्ठले भने, ‘वर्षपछि पुनःसञ्चालनमा ल्याइएको सूचना केन्द्रमा एकजना कर्मचारी राखेका छौँ ।’ सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनको बिक्री कक्षसहितको कोसेली घर पनि छिट्टै सञ्चालनको तयारी रहेको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

    म्याग्दीका ६ स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । सूचना केन्द्रका संयोजक समेत रहेका शाक्यका अनुसार कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण, समन्वय गर्नेछन् ।

    सूचना केन्द्र स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले २५ लाख बढी बजेट खर्चेर भवन बनाएका थिए । नेपाल पर्यटन बोर्डले पर्यटकीय क्षेत्रको फ्रेमसहित तस्बिर तथा मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन राखेको छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij